१० मंसिर, २०८१ सोमबार
08:17:32 AM
२१ माघ, २०७८
नेपाल विजनेश समाचारदाता,
२१ माघ । मौसममा आएको बदलीसँगै विहिबार साँझदेखि नै काठमाडौँमा वर्षा भइरहेको छ । अहिले पनि उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा जारी छ । उपत्यकाको चन्द्रागिरीलगायत केही उच्च भेगमा हिमपातसमेत भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, हावापानीकेन्द्रका अनुसार शनिबारसम्म यो अबस्था कायमै रहने र आइतबारदेखि भने खुल्ने छ ।
अघिल्लो दिनदेखि नै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । केही राजमार्ग अवरुद्ध भइरहेका बेला काठमाडौँ उपत्यकामा पनि चिसोले जनजीवनलाई केही प्रभावित बनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म यो अबस्था कायमै रहने र आइतबारदेखि भने खुल्ने छ । उपत्यकामा यसरी हिमपातसहितको वर्षा भएको यो दोस्रो हो ।
यसअघि पुसमा पनि यसैगरी हिमपात र वर्षा भएको थियो । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङ सहित हल्का वर्षा भइरहेको छ।