४ जेठ, २०८१ शुक्रबार

10:54:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भद्रकाली दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान गम्भिर घाइते

Nepal Business

२० माघ, २०७८

भद्रकाली दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान गम्भिर घाइते

काठमाडौं, २० माघ । काठमाडौं महानगरपालिका ११ भद्रकाली मन्दिर अगाडि सडकमा विहिबार सवारी दुर्घटनाा हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान गम्भिर भाइते भएका छन् ।

 बा ९ प ३३०९ नम्बरको मोटरसाइकल बा ४ ख ६९६६ नम्बरको बसमा ठक्कर खाई  दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा सिद्दीचरण नगरपालिका ४ घर भई काठमाडौं पुरानो बानेश्वर बस्ने ६३ वर्षीया शारदा गुरुङको मृत्यु भएको छ ।

बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएकी शारदाको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै श्रीमानको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।