२४ बैशाख, २०८१ सोमबार

03:50:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेको सीईओमा कार्की, प्राधिकरणमा अधिकारी

Nepal Business

२० माघ, २०७८

नेप्सेको सीईओमा कार्की, प्राधिकरणमा अधिकारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो । रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए ।

जसमध्ये विभिन्न चरणमा छनौट गर्दै कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । तीन जना मध्येबाट मन्त्रिपरिषद बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । पाल्पा स्थायी घर भएका कार्की नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् ।

यसैबिच सोमबार मन्त्रि‍परिषद्को निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरण महानिर्देशकमा नियुक्त भएका प्रदीप अधिकारीले बिहीबार पदभार सम्हालेका छन्।