४ जेठ, २०८१ शुक्रबार

08:42:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत, सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड भुक्तानी

Nepal Business

२० माघ, २०७८

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत, सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड  भुक्तानी

काठमाण्डौं
सामाजिक सुरक्षा कोषले आजसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत  ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १ करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

हालसम्म  १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र ३ लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् । बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट १ हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट २ लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट १ हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन् ।