२४ बैशाख, २०८१ सोमबार

09:17:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १४.५८ अंकको गिरावट

Nepal Business

२० माघ, २०७८

नेप्सेमा १४.५८ अंकको गिरावट

काठमाण्डौं
साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार यसरी घट्नु र बढ्नु सेयर बजारको सामान्य गति हो तर लगानीकर्ताको तिब्र प्रतिफलको आशाले सेयर बजार प्रति चासो बढिरहेको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा पुगेको छ ।  बिहिबार नेप्से ०.५० प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक ३.२६ अंकले घटेर ५३९.६४ विन्दुमा झरेको छ ।

कूल २ सय २४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स बढेको हो ।

बिहिबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार उच्च भएको छ ।  कम्पनीको ८२ करोड ७० लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यसै दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर १हजार ९ सय ५९ रूपैयाँ २० पैसा पुगेको छ । सर्वाधिक मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश बुद्धभूमी नेपाल हाइड्रोपावर, साहास उर्जा, अरूण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, न्यादी हाइड्रोपावर, तेह्रथुम पावर, सिनर्जी पावर, सामुदायिक लघुवित्त र सिइडिबी हाइड्रोपावर रहेका छन् ।

आजै एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.५५ प्रतिशतले घटेर ४ सय ५१ रूपैयाँ ४० पैसा कायम भएको हो ।