१५ बैशाख, २०८१ शनिबार

05:35:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिको काम सुरु

Nepal Business

२० माघ, २०७८

चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिको काम सुरु

चितवन

चितवन जिल्लाका तीन पालिकामा बिहीबारदेखि सुकुम्बासीको जग्गा नापिदै छ ।  राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गरेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । 

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

रासस