३ मंसिर, २०८१ सोमबार
07:19:43 AM
२० माघ, २०७८
काठमाडौं
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।