४ जेठ, २०८१ शुक्रबार

08:42:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुकुम्बासीले पाउन थाले जग्गा, चितवनबाट सुरु

२० माघ, २०७८

सुकुम्बासीले पाउन थाले जग्गा, चितवनबाट सुरु

चितवन । 
जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो ।

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ 

आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । 

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

यसैबीच देशभर रहेका भूमिहिन र सुकुम्बासीहरुलाई प्रक्रिया पुरा गरेर जग्गा प्रदान गर्ने कार्यको थालनि भईसकेको र यसक्रमलाई निरन्तर अगाडि बढाउँदै जाने आयोगका प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिनुभएको छ । उँहाले भन्नुभयो अन्य जिल्लामा पनि स्थानीयतहसंग सम्झौता भईसकेको छ । पहिलो, दोस्रो र तेस्रो चरण गरेर आयोगले समस्या भएका स्थानीय पालिका र जिल्लाहरुमा जग्गा प्रदान गर्ने काम गर्दै जाने प्रवक्ता खड्काले बताउनुभयो ।