४ जेठ, २०८१ शुक्रबार

10:57:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुर्घटनाका मृतक परिवारलाई साँढे ६ लाख दिने सहमति

Nepal Business

१९ माघ, २०७८

दुर्घटनाका मृतक परिवारलाई साँढे ६ लाख दिने सहमति

१९ माघ । ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई रु छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । 

मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र बुत्रबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो । ट्रकको ठक्करबाट सोमबार राति व्यासनगरपालिका–५ साँघे निवासी विकास विक र अनिल बाचे मगरको मृत्यु भएको थियो । 

दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१८प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको 

जन्मदिन मनाउन तनहुँको बन्दीपुर जाने क्रममा व्यासनगरपालिका–१२ स्थित देउरालीमा लु१ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको थियो । दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१८प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु भएका दुवै जनाको शव दमौली अस्पतालस्थित शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सहमतिपश्चात् दुवै जनाले आफ्नो शव बुझेको प्रहरीले जनाएको छ ।