९ मंसिर, २०८१ आइतबार

02:00:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पत्रकारले पेन्सन र दुर्घटना बीमा पाउने

१९ माघ, २०७८

पत्रकारले पेन्सन र दुर्घटना बीमा पाउने

मकवानपुर
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले ५ लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप ५ लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

महासङ्घले  २० वर्ष काम गरेका र ६० वर्ष उमेर  पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन  सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले भन्नुभयो । नेपालमा पहिलो पटक पत्रकार महासङ्घ मकवानपुर शाखाले १ वर्ष अगाडि कोष स्थापना गरेर मासिक ४ हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि ५ लाख सहयोग  गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो । 

 चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि ५ लाख सहयोग  गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो । शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासङ्घ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताउनुभयो ।

उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उहाँले भन्नुभयो । पेन्सनकोषका लागि उपमहानगरपालिकाले  अघिल्लो वर्षमा १० लाख  सहयोग गरेको बताइएको छ । 
  
यसअघि  हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १ सय ६४ पत्रकारको ५ लाखको दरले दुर्घटना बीमा गरिसकेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम १ लाख २२ हजार २ सय ७० महासङ्घलाई  प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ । रासस