३० चैत, २०८१ शनिबार
11:17:12 AM
१९ माघ, २०७८
काठमाडौं
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि माघ २१ गते बुकक्लोज गर्ने भएको छ ।
त्यसैले, माघ २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्दछ ।