१९ माघ, २०८१ शनिबार
10:36:03 PM
१९ माघ, २०७८
काठमाडौं
आर्थिक वर्ष २०७२ । ७३ को नगद लाभांश लिन सेयरधनीलाई ग्लोबल आइएमई लघुवित्तले आग्रह गरेको छ । धेरैजसो सेयरधनीहरुले ५ वर्षपहिलेको नगद लाभांश पनि लिन नआएकाले कम्पनीले सूचना जारी गर्दै नगद लाभांश लिन छुटेका सेयरधनीलाई लिन बोलाएको हो ।
सेयरधनीहरुले नगद लाभांश लिनका लागि ग्लोबल लघुवित्तको प्रधान कार्यालय विजयपुर, कास्कीमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको हो । कम्पनीले तोकेको समयमा पनि नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने लघुवित्तले जनाएको छ । सेयरधनीहरुले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर जानपनि सेयरधनीलाई आग्रह गरिएको छ ।