२३ बैशाख, २०८१ आइतबार

12:27:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एउटै गाउँमा ५ करोडको सुन्ताला बिक्री

१९ माघ, २०७८

एउटै गाउँमा ५ करोडको सुन्ताला बिक्री

पर्वत
पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यो वर्ष सुन्तला बिक्री गरेर झण्डै पाँच करोड रूपैयाँ भित्र्याएका छन् । अनुकूल मौसम र बजार भएका कारण यो वर्ष सुन्तला उत्पादनबाट गाउँमा ५ करोड रूपैयाँ भित्र्याउन किसान सफल भएका हुन् । बाँसखर्कमा २ सयभन्दा धेरै परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।

बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीका अनुसार यस वर्ष ५ करोड रूपैयाँ बराबरको सुन्तला बिक्री भएको छ । अघिल्लो वर्ष सुन्तला बेचेर ३ करोड भित्रिएको थियो । तर, यसवर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले ५ करोड भित्रिएको उहाँको भनाई छ । यहाँका कृषकले बाँसखर्कमा बोटबाटै प्रतिकिलो १३० देखि १५० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।  

बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीका अनुसार यस वर्ष ५ करोड रूपैयाँ बराबरको सुन्तला बिक्री भएको छ । अघिल्लो वर्ष सुन्तला बेचेर ३ करोड भित्रिएको थियो । तर, यसवर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले ५ करोड भित्रिएको उहाँको भनाई छ । 

सुन्तला स्वादिलो हुने र माघ लागेपछि मात्रै बिक्री हुने भएकाले पोखरा, मुग्लिन र नारायणगढलगायतका बजारबाट व्यवसायी गाउँमै पुगेर खरिद गर्दै आएका छन् । देशैभरबाट बाँसखर्कको सुन्तला माग हुने गरेकाले माग पूरा गर्नै सकिएको छैन । उहाँले भन्नुभयो– अझै खेती बिस्तार गरेर मागअनुसार उत्पादन बढाउन जरूरी भइसकेको छ । सुन्तला खेती बढेसँगै यहाँका कृषकले उब्जाउ खेतमा पनि बगैंचा बनाएका छन् । खेतबारी नै सुन्तला बगैंचा बनेपछि बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन ।

किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य बाली बनाएका छन् । ‘सुन्तला बेचेर न्यूनतम ५ लाख रूपियाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्, अध्यक्ष खत्रीले भन्नुभयो, । बढीमा १९ लाख रूपैयाँसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् । उहाँले यो वर्ष झन्डै १३ लाख रूपियाँ आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्तला बिक्री गर्नुभएको छ । उहाँले यो वर्ष झन्डै १६ लाख रूपैयाँ आम्दानी हुने बताउनुभयो । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा गएको तीन वर्षअघि ६७ लाख खर्चिएर शीत भण्डार केन्द्र सञ्चालन गरिएको छ । शीत भण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेमौसममा बिक्री गर्न सहज भएको स्थानीयबासी कल्पना खत्रीले बताउनुभयो । तर, धेरैजसो सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाई छ । रासस