४ जेठ, २०८१ शुक्रबार

11:40:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखराको मानवसेवा आश्रममा दैनिक ३५ हजार ५ सयको भोजन

Nepal Business

१९ माघ, २०७८

पोखराको मानवसेवा आश्रममा दैनिक ३५ हजार ५ सयको भोजन

कास्की
पोखरास्थित मानवसेवा आश्रमले आश्रममा आवद्धहरुको लागि दैनिक खानामा मात्र ३५ हजार ५ सय खर्च गर्ने गरेको छ । एक छाक खानाका लागि १५ हजार ५ सय र विशेष खानाको लागि २२ हजार ५ सय दिनमा खर्च हुनेगरेको आश्रमले जनाएको हो । 
२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानवको उद्धार गरेर सञ्चालन गरिएको आश्रमले हालसम्म ८ सय २६ जनालाई सेवा प्रदान गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । २ सय ६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वेच्छाले ३ सय ५ जना घर फर्किनुभएको, ५१ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको रआश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भइसकेको छ उहाँले बताउनु भयो ।  
आश्रमबाट एक वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६५ जना रहनुभएको सहसंयोजक  बर्तौलाले जानकारी दिनुभयो । दुई छाक खाना भन्दा पनि आमा र बालबालिकाको औषधि उपचारमा बढी खर्च हुने गरेको छ, उहाँले भन्नुभयो, सडकबाट उद्धार गरिएका अधिकांश आमाहरु मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार खर्च हुने गरेको छ ।

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट ६ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । 

पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न सङ्घ संस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढ्दै गएको तिमल्सिनाले बताउनु भयो ।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आफ्ना स्वर्गीय पति अमरबहादुरको १५ औँ पुण्य तिथिमा पोखरास्थित मानवसेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गर्नुभयो । छोरा यमबहादुर र बुहारी पार्वतीसहित भोजन गराउनका लागि आश्रममा पुग्नुभएकी लक्ष्मीले भन्नुभयो, आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि  पुनर्रजन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको खड्का बताउनु हुन्छ ।

सो परिवारले एक छाक खाना बराबरको नगद  १५ हजार ५ सय आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गर्नुभयो । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् ।

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट ६ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।