५ जेठ, २०८१ शनिबार

09:44:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो (विज्ञप्तिसहित)

१८ माघ, २०७८

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो  (विज्ञप्तिसहित)

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्तिेलमा प्रतिलिटर तीन रुपैयाले बढाएको छ ।

अब काठमाडौँ डिपो वरिपरी १५ किलोमिटरसम्ममा प्रतिलिटर पेट्रोल १४२ पुगेको छ । डिजेल र मट्तिेलमा भने १२५ कायम गरिएको छ । 

साथै आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैयाँले बढाएर बिक्री मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर एक सयले बढाएको छ । अब अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर बिक्री मूल्य अमेरिकी डलर एक हजार ९५ कायम गरिएको छ ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसाले घटेर आए पनि मुल्य यथावत राखिएको छ । अझै निगमलाई प्रति सिलिण्डर ५ सय ६० रुपैयाँ घाटा हुँदासमेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको जनाइएको छ ।