२४ बैशाख, २०८१ सोमबार

04:13:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १९.२९ अंकले बढ्यो

१८ माघ, २०७८

सेयर बजार १९.२९ अंकले बढ्यो

काठमाण्डौ

साताको तेस्रो दिन मंगलबार सेयर बजार बढेको छ । आज सेयर बजार १९.२९ अंकले उकालो लागेको हो । बजार १९.२९ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ८ सय ९१.३३ विन्दुमा पुरेर कारोबार बन्द भएको छ । आज १ करोड २१ लाख ६७ हजा। ६०५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा कारोबार भएको छ । 

यस्तै उपसमुहहरुमा ट्रेडिङ ०.५३ प्रतिशत, होटल एण्ड टुरिजम ०.०८ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.१८ प्रतिशत र जीवन बीमा ०.१ प्रतिशतले ओरालो लागेका छन् भने इन्भेष्टमेन्ट ०.११ प्रतिशत, म्युचल फण्ड १.५ प्रतिशत, माइक्रोफाइनान्स ०.९ प्रतिशत, अन्य ०.०४  प्रतिशत, निर्जीवन बीमा ०.७ प्रतिशत, फाइनान्स १.४८ प्रतिशत, हाइड्रोपावर ३.२२ प्रतिशत, विकास बैंक १.६१ प्रतिशत र बैंकिङ ०.२९ प्रतिशतले उकालो लागेका छन् । 

कम्पनीतर्फ  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १० प्रतिशत, बुद्ध भूमि नेपाल हाइड्रो कम्पनी लिमिटेड ९.९९ प्रतिशत र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड ७.५० प्रतिशतले बढेका छन् ।