२२ बैशाख, २०८१ शनिबार

04:51:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिम

Nepal Business

१८ माघ, २०७८

 महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिम

दैलेख
दैलेखको आठबिस नगरपालिकाभित्रका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन फाइबर ब्याग सीप विकास तालिम दिइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखको आयोजना तथा आठबिस नगरपालिकाको समन्वयमा उक्त तालिम दिइएको हो । आर्थिक रूपमा सक्षम नहुँदा पछि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम दिइएको उद्योग तथा उपभोक्ता हित संक्षण दैलेखका सहायक लेखा अधिकृत भरत खत्रीले बताउनुभयो ।

सीप विकास तालिमअन्तर्गत पहिलो चरणमा १० भन्दाबढी महिलालाई १५ दिने फाइबर ब्याग सम्बन्धी तालिम दिइएको खत्रीको भनाई छ । सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १० वटा सिलाइ–कटाइ मेसिन खरिद गरेको छ । तालिममा विपन्न समुदाय, आदिवासी जनजाति र दलित समुदायका महिलालाई समेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जनाएको छ ।