३० चैत, २०८१ शनिबार
11:27:53 AM
१८ माघ, २०७८
काठमाण्डौं
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अजोड इन्स्योरेन्स लिमिटेडले ४ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ ।
गत वर्ष यसै अवभिमा कम्पनीले ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यो वर्ष कम्पनीको खुद नाफा १४.४ प्रतिशतले बढेको छ ।
यस वर्ष कम्पनीले १५.७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७.७२ प्रतिशत बढी खर्च गरेको छ । ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रहेको छ, भने जगेडा कोष रकम ११ करोड ८० लाख छ ।
गत वर्षको तुलनामा जगेडा कोष रकम ७७.९८ प्रतिशत बढेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम ६ करोड ६३ लाख थियो ।
कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३.६० प्रतिशत बढेको छ । गत वर्ष ८ करोड २७ लाख रहेको बीमा कोष रकम यो वर्ष १३ करोड ५३ लाख पुगेको छ ।
गत वर्षभन्दा १६.९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९.६ प्रतिशत कुल दाबी भुक्तानी गरेको छ । यो वर्ष कम्पनीले ७९ करोड २१ लाख कुल दाबी भुक्तानी गरेकोमा ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको हो
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९.२६ र प्रतिशेयर नेटवर्थ १२६.४० रहेको छ ।