२५ बैशाख, २०८१ मंगलबार

11:00:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोठालो भत्ताका लागि ७२ लाख विनियोजन

१७ माघ, २०७८

गोठालो भत्ताका लागि ७२ लाख विनियोजन

जुम्ला
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि  २ सय ६५  किसानले आवेदन दिइएका छन  ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले जानकारी दिनुभयो ।

५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० रुपैयाँका दरले वितरण गरिनेछ । जिल्लाका १ सय ५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस