२६ बैशाख, २०८१ बुधबार

10:48:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकछिन फोटोमा हेरौं, मनाङ, अर्घाखाँची, दाङ, म्यग्दी, कञ्चनपुर र स्याङ्जा लगाएत

१७ माघ, २०७८

एकछिन फोटोमा हेरौं, मनाङ, अर्घाखाँची, दाङ, म्यग्दी, कञ्चनपुर र स्याङ्जा लगाएत

स्याङ्जाको वालिङ–५, पित्लेकस्थित पित्लेक अर्गानिक फर्ममा परम्परागत झल्को दिने गरी निर्माण गरिएको घुमाउने घर । घरबास सञ्चालनमा रहेको उक्त ठाउँमा आउने पाहुनालाई स्वागत तथा आवासका लागि प्रयोग गरिएको छ । तस्बिर : तोलाकान्त बगाले:रासस 

शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै । माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ । तीन पुस्तादेखि भारतीय कुमालेले यहाँ माटोका भाँडा बनाउँदै आएका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

शुक्लाफाँटा नगरपालिकाका अति विपन्न कोरोना सङ्क्रमित परिवार उपलव्ध गराईएको पोषिलो राहत सामग्रीका साथमा । राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको सहयोगमा राहत सामग्री वितरण गरिएको छ ।  तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको लिप्सिबा खर्कमा रहेको भेडीगोठ । यस क्षेत्रमा परम्परागत घुम्तीगोठ राखेर भेँडापालन हुँदै आएको छ । तस्वीर ः कमल खत्री÷रासस

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा अवस्थित गङ्गा सरोवर । उक्त स्थानमा डुङ्गा सञ्चालन गरी अर्घाखाँचीकै प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्न सन्धिखर्क नगरपालिकाले पूर्वाधार निर्माण गरिरहेको छ । तस्बिर ः प्रेमनारायण आचार्य ÷रासस

दाङको बबई गाउँपालिका वडा नं ६ का किसानहरुलाई बाख्रा वितरण गर्दै वडाध्यक्ष रामबहादुर डाँगीसहितको टोली । तस्वीर ः दीपक बोहरा, रासस

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर ः नवीन लामिछाने ÷रासस