१५ माघ, २०८१ मंगलबार
09:00:08 AM
११ चैत, २०७८
मेलामा ४ सय ५० प्रजातिका पुष्प र पुष्पजन्य वस्तु प्रदर्शनीमा राखिएको छन्।
काठमाण्डौँ–फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनमा भएको पुष्प मेला (२३ औँ फ्लोरा एक्स्पो) को पहिलो दिन१८ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
‘ पहिलो दिन ८ हजारले मेला अवलोकन गर्नुभएको थियो’, अध्यक्ष मिन बहादुर तामाङले भन्नुभयो । दोस्रो दिन पनि मेलामा अवलोकनकर्ताको सहभागिता राम्रो रहेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
मेलामा ४५ हजार अवलोकनकर्ता र ७५ लाख रुपैयाँ बराबरको कारोबारको हुने अपेक्षा गरिएको छ। मेलामा ४ सय ५० प्रजातिका पुष्प र पुष्पजन्य वस्तु प्रदर्शनीमा राखिएको छन्।
मेलाका केहि तस्बिरहरु