१९ माघ, २०८१ शनिबार
10:47:28 PM
१७ माघ, २०७८
काठमाण्डौं
साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा पुगेको छ । आज नेप्से ०.५० प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले घटेर ५३८.४५ विन्दुमा पुगेको छ ।
कूल २ सय २५ वटा कम्पनीको १ करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४१ लाख ७७ हजार ५९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र अन्य उपसमूह बाहेकका सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह १ं६९ प्रतिशतले घटेको छ ।
सोमबार हाईड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड लघुवित्त कम्पनी र विन नेपाल लघुवित्त कम्पनी, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सोमबार सबेभन्दा धेरै गुमाउनेमा माउन्टेन हाइड्रो नेपाल कम्पनी परेको छ । यस कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेर ५ सय ६ रूपैयाँमा झरेको छ ।