४ जेठ, २०८१ शुक्रबार

09:04:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगमी वर्ष २०७९ सालका चाडपर्व कैले के ? असोज १९ गते दशै, कार्तिक १० गते भाईटिका

Nepal Business

१६ माघ, २०७८

आगमी वर्ष २०७९ सालका चाडपर्व कैले के ? असोज १९ गते दशै, कार्तिक १० गते भाईटिका

काठमाण्डौ । 
आगामी वर्ष वि.स. २०७९ सालको आधिकारीक पात्रो सार्वजनिक भएको छ । पञ्चाङग निर्णायक समितिको निर्णय अनुसार स्वीकृत पाएका १४ वटा पात्रो बजारमा उपलब्ध भएका छन् । विगतका वर्षहरु भन्दा यस वर्ष चाडपर्वहरु नजिक नजिक आएका छन् । यस वर्ष साउन २७ गते रक्षा बन्धन र गाईजात्रा एकै दिन परेको छ ।

यसैगरी भदौ ३ गते कृष्ण जन्माष्टमी परेको छ । भदौ ११ गते कुशे औंसी परेको छ भने भदौ १४ गते हरितालिका जित पर्व परेको छ । भदौ १६ गते ऋषि पञ्चामी रहेको छ । यसैगरी असौज १० गते घटस्थापना, १६ गते फुलपाती, १७ गते अष्टमी, १८ गते नवमी र १९ गते विजय दशमी परेको छ । असौज २३ गते कोजाग्रत पूर्णीमा परेको छ । 

यसैगरी कार्तिक ६ गते कागतिहार, ७ गते कुकुर तिहार र लक्ष्मी पुजा, ८ गते गाई तिहार परेको छ । कार्तिक ८ गते नै सूर्य ग्रहण लाग्ने पञ्चाङग निर्णायक समितिले जनाएको छ । कार्तिक ९ गते गोवद्र्धन पूजा म्हपुजा एंव नेपाल संम्वत ११४३ सुभारम्भ हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी कार्तिक १० गते भाईटिका परेको छ । 

कार्तिक १३ गते छठ पर्व परेको छ भने २२ गते चन्द्र ग्रहण लाग्नेछन् । चैत्र १५ गते चैते दशैंसंगै २०७९ सालका चाडपर्वहरु सकिने छन् । अन्य दिवस र नियमित मनाउने पर्वहरु विगतका वर्षहरुमा जस्तै सोहि दिन र तिथीमा मनाउने गरी पञ्चाङ निर्णायक समितिले पात्रो सार्वजनिक गरेको छ ।