२३ बैशाख, २०८१ आइतबार

07:02:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमलको २६ महिना पछिको गोल जसले नेपाललाई बिजयी बनायो

Nepal Business

१५ माघ, २०७८

विमलको २६ महिना पछिको गोल जसले नेपाललाई बिजयी बनायो

काठमाडौं । 
विमल घर्ती मगरले गरेको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई गोलमा परिणत गरेका हुन । 
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । 
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाएका छन् ।

नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।