२३ बैशाख, २०८१ आइतबार

10:26:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गौतमबुद्ध रंगशालाको निर्माण सम्पन्न गर्ने खेलकुद मन्त्री अथकको प्रतिबद्धता

१४ माघ, २०७८

गौतमबुद्ध रंगशालाको निर्माण सम्पन्न गर्ने खेलकुद मन्त्री अथकको प्रतिबद्धता

काठमाण्डौं

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमनका क्रममा मन्त्री अथकले रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । 

नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशिघ्र सार्वजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गर्नुभएको छ । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ ।

अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको थियो ।