१५ बैशाख, २०८१ शनिबार

02:17:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय

Nepal Business

६ बैशाख, २०८०

हकप्रदबाट आर्जन गरेको पुँजी कम्पनीले पिके हाइड्रोपावर प्रालिमा लगानी गर्दैछ। पिके हाइड्रोपावरले ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। हकप्रद निष्कासन पछि आउने ५० प्रतिशत अर्थात् ९३ करोड ३९ लाख रुपैयाँ पिके हाइड्रोपावर प्रालिमा लगानी गर्ने जनाएको छ।

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। बुधबार बसेको सञ्चालकहरुको बैठकले निर्णय लिएको हो।

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ८६ करोड रुपैयाँ छ। सोही रकम बराबर हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ।

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ८६ करोड रुपैयाँ छ। सोही रकम बराबर हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ।

हकप्रदबाट आर्जन गरेको पुँजी कम्पनीले पिके हाइड्रोपावर प्रालिमा लगानी गर्दैछ। पिके हाइड्रोपावरले ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। हकप्रद निष्कासन पछि आउने ५० प्रतिशत अर्थात् ९३ करोड ३९ लाख रुपैयाँ पिके हाइड्रोपावर प्रालिमा लगानी गर्ने जनाएको छ।

बाँकी ५० प्रतिशत रकम सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ। बिद्युत नियमन आयोग र विशेष साधारण सभामा हकप्रदको प्रस्ताव लैजाने कम्पनीको योजना छ।