२४ बैशाख, २०८१ सोमबार

03:24:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर निष्कासक कम्पनी थपिदै, कालिञ्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने

Nepal Business

१३ माघ, २०७८

सेयर निष्कासक कम्पनी थपिदै, कालिञ्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण  सेयर निष्कासन गर्ने

काठमाण्डौं
कालिञ्चोक दर्शन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रसहित सर्वसाधारणहरूका लागि १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँलाई नियुक्त गरेको छ ।

सेयर निष्कासन कार्यको लागि कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।