२१ चैत, २०८१ बिहिबार
04:16:51 AM
३ बैशाख, २०८०
हाल नेपालमा पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री भइरहेको छ ।
नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। आज भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ । अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेकोले भारतले मूल्य बढाएर पठाएको हो ।
हाल नेपालमा पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री भइरहेको छ ।