१७ बैशाख, २०८१ सोमबार

10:47:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव, कता पर्छ पानी ?

Nepal Business

२ बैशाख, २०८०

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव, कता पर्छ पानी ?

देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा आंशिक बदली रहने छ। 

आइतबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। 

वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषणसमेत वृद्धि भइरहेको महाशाखाले जनाएको छ ।