२४ बैशाख, २०८१ सोमबार

07:29:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

१३ माघ, २०७८

नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

काठमाण्डौं
साताको अन्तिम  दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार देखि निरन्तर घटिरहेको सेयर बजारले बिहिबार भने उकालो यात्रा तय गरेको हो । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ । आज नेप्से ०.१२ प्रतिशतले बढेको हो ।त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ । 
कूल २ सय २४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहिबार ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीले बिहिबारै मात्र गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बिहीबार २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३ सय ३८ रूपैयाँ २० पैसा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९ रूपैयाँ ५० पैसा पुगेको छ । 

बिहिबार सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रूपैयाँ १० पैसामा झरेको छ ।