७ जेठ, २०८१ सोमबार

05:55:49 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी तोकिन्छ विश्वबजारमा इन्धनको मुल्य...

Nepal Business

२६ चैत, २०७९

हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरुले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।

यसरी तोकिन्छ विश्वबजारमा इन्धनको मुल्य...

विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरुमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

साउदी अरब, इराक तथा अन्य धेरै खाडी देशले दैनिक तेल आपूर्तिमा १० लाख ब्यारेलले कटौती गरेका छन् । त्यस्तै ओपेक प्लसको सदस्य मुलुक रुसले यो वर्षको अन्त्यसम्मका लागि तेल उत्पादनमा दैनिक ५ लाख ब्यारेल कटौती गर्नेछ ।पेट्रोलियम पदार्थका उत्पादक मुलुकहरुको उक्त निर्णयको अमेरिकाले भने आलोचना गरेको छ ।

ओपेक प्लस के हो ?

ओपेक प्लस तेल निर्यातक मुलुकहरुको एक समूह हो । यसले कति कच्चा तेल विश्व बजारमा बिक्री गर्ने भन्ने निर्णय गर्नका लागि नियमित रुपमा बैठक बस्ने गर्दछ । यो समूहको केन्द्रमा १३ वटा सदस्य मुलुक रहेको ओपेक रहेको छ । ओपेका मुख्यतः मध्यपूर्व तथा अफ्रिकी मुलुकहरु रहेका छन् । यो समूहको स्थापना पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति तथा मूल्य निर्धारण गर्ने उद्देश्यले कार्टेलको रुपमा सन् १९६० मा भएको थियो ।

हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरुले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।
सन् २०१० मा विश्व बजारमा तेलको मूल्यमा तिव्र गिरावट आएको समयमा ओपेक सदस्यहरुले अन्य १० वटा तेल उत्पादक मुलुकहरुसँग हातेमालो गरेर ओपेक प्लसको स्थापना गरे ।

त्यसमध्येको एक सदस्य मुलुक रुस हो जसले पनि दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्ने गर्दछ । यसरी ओपेक प्लस सम्बद्ध मुलुकहरुले विश्व बजारको ४० प्रतिशत कच्चा तेल उत्पादन गर्दछन् ।

ओपेक प्लसले बजारमा पेट्रोलियम पदार्थको माग र आपूर्तिको सन्तुलन मिलाउने काम गर्दछ । तेलको माग घटेको बेलामा उसले आपूर्ति पनि घटाएर मूल्य बढाउने गर्दछ । साथै उसले कहिलेकाहीँ बजारमा धेरै तेल पठाएर मूल्य घटाउने पनि गर्दछ ।

ओपेक प्लसले तेल उत्पादनमा किन कटौती गरेको हो ?

यसअघि ओपेक प्लसले गत अक्टोबर २०२२ मा एक निर्णय गर्दै दैनिक २० लाख ब्यारेल कच्चा तेलको उत्पादनमा कटौती गरेको थियो । पछिल्लोपटक उसले दैनिक ११ लाख ६० हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तत्कालै ५ प्रतिशतको बढोत्तरी देखिएको छ । बीबीसीबाट