११ बैशाख, २०८१ मंगलबार

03:03:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्याङ्जा सदरमुकामका पेट्रोल पम्पलाई मिसावट पाइयो, साढे ८ लाख जरिवाना

Nepal Business

१० चैत, २०७९

उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रजिअ गंगाबहादुर क्षेत्रीसहित अन्य प्राविधिक टोलीले उक्त पेट्रोल पम्पलाई पुस २७ गते शील गरेको थियो । जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयमा उक्त पम्पको पेट्रोल ल्याब परीक्षणका लागि पठाइएकोमा परीक्षणमा उक्त पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्याङ्जा सदरमुकामका पेट्रोल पम्पलाई मिसावट पाइयो, साढे ८ लाख जरिवाना

स्याङ्जा जिल्ला  सदरमुकाममा रहेको पेट्रोल पम्पलाई ८ लाख ५० हजार भन्दा बढी जरिवाना तिराइएको छ। पुतलीबजार नगरपालिका–३ स्थित बाडखोलामा रहेको नेपाल पेट्रोल्युब प्रालिको पेट्रोल पम्पलाई झुक्याइ मिसावटयुक्त पेट्रोल बिक्री गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारबाही गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाडखोलाको पेट्रोल्युब पम्पबाट वितरित पेट्रोलमा मिसावट भएको कारण सवारीका साधनमा समस्या देखिएको भन्दै ‍गत पुसमा मोटरसाइकल र टेम्पो चालकहरुले कारबाहीका लागि उजुरी गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बाडखोलाको पेट्रोल्युब पम्पबाट वितरित पेट्रोलमा मिसावट भएको कारण सवारीका साधनमा समस्या देखिएको भन्दै ‍गत पुसमा मोटरसाइकल र टेम्पो चालकहरुले कारबाहीका लागि उजुरी गरेका थिए । 

उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रजिअ गंगाबहादुर क्षेत्रीसहित अन्य प्राविधिक टोलीले उक्त पेट्रोल पम्पलाई पुस २७ गते शील गरेको थियो । जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयमा उक्त पम्पको पेट्रोल ल्याब परीक्षणका लागि पठाइएकोमा परीक्षणमा उक्त पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सोही आधारमा जिल्ला प्रशासन कार्यालयले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार झुक्याइ बिक्री वितरण गरेको कसुरमा फागुन २९ गते उक्त पम्पका सञ्चालकहरु र कर्मचारीलाई कारबाहीको फैसला गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार जना सञ्चालकहरुलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार क्षतिपूर्ति कोषमा जम्मा गर्ने समेत गरि जम्मा ८ लाख ५२ हजार ८०० जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । पुस २७ मा शिल गरिएको उक्त पम्पमा बाँकी रहेको मिसावटयुक्त १९ सय १० लिटर पेट्रोल मंगलबार जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।