१२ बैशाख, २०८१ बुधबार

11:45:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्रको भित्री कारोबार गर्ने उर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा, तीन करोड बिगो

Nepal Business

९ चैत, २०७९

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो ।

धितोपत्रको भित्री कारोबार गर्ने उर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा, तीन करोड बिगो

जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट रु तीन करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ ।

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो ।

नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट रु तीन करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मङ्सिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।