१६ चैत, २०८० शुक्रबार

12:40:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा तनहुँ हाइड्रो निरीक्षण

Nepal Business

६ चैत, २०७९

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठ र आयोजना प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा तनहुँ हाइड्रो निरीक्षण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । 

नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहनुभएका घिसिङले जलविद्युत् आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएको हो । सो अवसरमा घिसिङले निर्धारित मितिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । 

नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहनुभएका घिसिङले जलविद्युत् आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएको हो । सो अवसरमा घिसिङले निर्धारित मितिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । 

महत्त्वपूर्ण दातृ निकायको ऋण सहभागितामा निर्माणाधीन आयोजना समयमै सकेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा घिसिङको भनाइ थियो । “महत्त्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ”, उहाँले भन्नुभयो । ठेकेदार कम्पनी, परामर्शदाता र आयोजनाले सहकार्य गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठ र आयोजना प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जे।भी।ले निर्माण गरिरहेको छ । सोअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । 

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेशन, भियतनाम, कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । 

यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।