४ जेठ, २०८१ शुक्रबार

12:20:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाघ गणनाका लागि राखिएका ९ वटा क्यामरा हराए

Nepal Business

१३ माघ, २०७८

बाघ गणनाका लागि राखिएका ९ वटा क्यामरा हराए

पर्सा । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ ।

जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको बताईएको छ ।

जंगलमा बाघ गणनाका लागि जडान गरिएका ९ वटा क्यामरा हराएपछि बाघ गणनाको एकिन तथ्यांक कसरी निकाल्ने भन्ने बारे थप छलफल सुरु भएको छ । यस अघि चितवन राष्ट्रिय निकुञ्जका सबै क्यमरा निकालि सकिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाईमा अहिले बाघ गणनाको काम भईरहेको छ ।