१६ चैत, २०८० शुक्रबार

02:32:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली बिजुलीलाई भारतले प्रतियुनिट ११.५४ रुपैयाँ दिने

Nepal Business

४ चैत, २०७९

समितिको १४ औं बैठकले बिहारका ग्रीड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रीडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो।

नेपाली बिजुलीलाई भारतले प्रतियुनिट ११.५४ रुपैयाँ दिने

भारतले नेपाली बिजुली किन्दा प्रतियुनिट दर ७.२१ भारु (११ रुपैयाँ ५४ पैसा) दिने सहमति भएको छ। दिल्लीमा शुक्रबार सम्पन्न नेपाल भारत पावर एक्सचेन्ज कमिटीले आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदानको दर तय गरेको हो।

बेच्दा नेपालले पाउने मूल्य नै आफूले किन्दा पनि तिर्नु पर्नेछ। नेपाल–भारतबीचको विद्युत आदान प्रदान समिति ९पावर एक्सचेन्ज कमिटी० बैठकले नेपालले बिहार राज्यका प्रसारण ग्रीडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ।

बेच्दा नेपालले पाउने मूल्य नै आफूले किन्दा पनि तिर्नु पर्नेछ। नेपाल–भारतबीचको विद्युत आदान प्रदान समिति ९पावर एक्सचेन्ज कमिटी० बैठकले नेपालले बिहार राज्यका प्रसारण ग्रीडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ।

समितिको १४ औं बैठकले बिहारका ग्रीड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रीडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो।