४ जेठ, २०८१ शुक्रबार

08:42:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

Nepal Business

१३ माघ, २०७८

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको छ । यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार मृत्यु भएको समाचार राससले लेखेको छ ।