१४ बैशाख, २०८१ शुक्रबार

05:31:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सस्तो भयो मैदाको भाउ, प्रतिबोरा ९ रुपैयाँले घट्यो

Nepal Business

२७ फागुन, २०७९

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा ९५० किलो० पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।

सस्तो भयो मैदाको भाउ, प्रतिबोरा ९ रुपैयाँले घट्यो

मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’

नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।

यस बीचमा बिस्कुट र चाउचाउको मूल्यमा उच्च वृद्धि भएको र अब मैदाको मूल्य घट्दाको फाइदा यी उत्पादनमा पर्ने उनले बताए । सरकारले भारतसंग माग गरेको ५० हजार मेट्रिकटन गहुँ उद्योगी व्यवसायीहरुले आयात गर्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।