८ बैशाख, २०८१ शनिबार

07:06:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु बैंकले किसानलाई सहुलियत कर्जा दिने, पन्ध्रसय महिला उद्यमी र साना किसान लाभान्वित हुँदै

Nepal Business

६ साउन, २०७९

प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूका लागि मूल्य श्रृंखलामा लगानीसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

प्रभु बैंकले किसानलाई सहुलियत कर्जा दिने, पन्ध्रसय महिला उद्यमी र साना किसान लाभान्वित हुँदै

काठमाडौं । 
प्रभु बैंकले महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने भएको छ ।

हेफर इन्टरनेशनल नेपालसँगको सम्झौताअनुसार प्रभुले साना किसान, युवा र महिला उद्यमीका लागि सहुलियत कर्जा दिन लागेको हो । यसबाट झण्डै एक हजार पाँच सय किसान लाभान्वित हुने जनाइएको छ ।

हेफर इन्टरनेशनल नेपालसँगको सम्झौताअनुसार प्रभुले साना किसान, युवा र महिला उद्यमीका लागि सहुलियत कर्जा दिन लागेको हो । यसबाट झण्डै एक हजार पाँच सय किसान लाभान्वित हुने जनाइएको छ ।

प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूका लागि मूल्य श्रृंखलामा लगानीसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफरका तर्फबाट राष्ट्रिय निर्देशक डा शुभनारायण महतोले हस्ताक्षर गर्नुभएको छ ।
युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तार गर्न सुलभ कर्जा उपलब्ध गराउन लागिएको हेफरले जनाएको छ ।

सम्झौताअनुसार, कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रहरू जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य श्रृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानले सहज वित्तीय कर्जा लिन सक्ने छन् । बैंकको ६२ शाखाबाट उक्त योजना लागू हुने छ ।