२० बैशाख, २०८१ बिहिबार

03:39:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदर घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव

Nepal Business

२५ फागुन, २०७९

कारोबारमा शुभव पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, शिभ श्री हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्

ब्याजदर घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव

 बैंकर्स संघले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाउन गरेको निर्णयको प्रभाव सेयर बजारमा परेको छ ।

केही समययता घटेको बजार बिहीबार भने ५०.०४ अंकले बढेर परिसूचक २००२.७० बिन्दुमा रोकिएको छ । बिहीबार बिहान बसेको संघले बैठकले यसअघि आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेको छ ।

केही समययता घटेको बजार बिहीबार भने ५०.०४ अंकले बढेर परिसूचक २००२.७० बिन्दुमा रोकिएको छ । बिहीबार बिहान बसेको संघले बैठकले यसअघि आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेको छ ।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुनेछ । गत पुसमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत पुगेको छ । त्यसमा ६ प्रतिशतसम्म थपेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका थिए ।

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो । कल डिपोजिटको ब्याजदर ०.२१ प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दुले घटाउने निर्णय भएको छ । जसको प्रभाव बजारमा परेको लगानीकर्ताको भनाइ छ ।

२६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा बैंकिङ समूहको २३.५४, विकास बैंक १०५।४२, वित्त ५६।८४, होटल ६६.६१, जलविद्युत ९०.०४, जीवन बीमा ३१३.७४, उत्पादन तथा प्रशोधन १०९.७३, निर्जीबन बीमा २५२.७६, अन्य समूहको ३१.२१ र ट्रेडिङ समूहको उपसूचक ४३.५६ अंकले बढेको छ ।

कारोबारमा शुभव पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, शिभ श्री हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ ।

कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३१७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो स्थानमा रहेको हिमालयन डिस्ट्रिलरीको ५ करोड ७३ लाख १७ हजार २७१ रुपैयाँको र अरुण काबेली पावरको ४ करोड ७६ लाख ४६ हजार ६८८ रुपैयाँको सेयर किनबेच भएको छ ।