१३ बैशाख, २०८१ बिहिबार

02:42:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन

Nepal Business

१६ फागुन, २०७९

कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको थियो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२४.३५ रुपैयाँ कायम  भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९४८ रुपैयाँ थियो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२४.३५ रुपैयाँ कायम  भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९४८ रुपैयाँ थियो । 

कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको थियो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले फागुन २९ गते अग्रवाल भवन कमलपोखरीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।