२२ बैशाख, २०८१ शनिबार

03:56:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माथिल्लो माछाखोला आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

Nepal Business

१५ फागुन, २०७९

यस कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ

माथिल्लो माछाखोला आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

विकास हाईड्रोपावर लिमिटेडद्वारा प्रबर्द्धन गरिएको माथिल्लो माछाखोला साना जलबिद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय माध्यमबाट यसको उद्घाटन गरेका हुन्।

आयोजना उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’

आयोजना उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’

विकास हाइड्रोलेद्वारा प्रबर्द्धन गरिएको माथिल्लो माछाखोला साना जलबिद्युत आयोजनाको कुल क्षमता ४।५५ मेगावाट रहेको छ । यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको छ। गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा यो आयोजना निर्माण सम्पन्न भएको हो ।

यस कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ । कम्पनीले १३ लाख ८८ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।