६ मंसिर, २०८१ बिहिबार

03:11:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइसिसी लिग–२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

Nepal Business

१५ फागुन, २०७९

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियोे

आइसिसी लिग–२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले  पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।  

युनाइटेड अरब इमिरेट् (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई  सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । 

युनाइटेड अरब इमिरेट् (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई  सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । 

नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए । यस्तै आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियोे । पपुवा न्यूगिनीकम लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै नेपाल २९ खेलमा २८ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।