६ मंसिर, २०८१ बिहिबार

05:38:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रित्तिँदै गाउँ, भरिँदै बजार

Nepal Business

१५ फागुन, २०७९

“गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए”, गुरुङले भन्नुभयो, “तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ ।

रित्तिँदै गाउँ, भरिँदै बजार

“यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” 

भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उहाँ भने गाउँमै बस्नुभएको छ । 

भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उहाँ भने गाउँमै बस्नुभएको छ । 

यस ठाउँमा उब्जाउ पनि राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ । काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उहाँले बताउनुभयो । “गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए”, गुरुङले भन्नुभयो, “तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ ।

हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ ।” गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो । गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो । 

यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौँ गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ । “गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्”, गुरुङले भन्नुभयो, “हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो ।”  

तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ । व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०÷६५ घरको ठूलो बस्ती थियो । नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन् । प्रायःगाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौँमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ । व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन् । गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले । 

व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ । यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताउनुभयो । गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उहाँले बताउनुभयो । “पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो”, नेपालीले भन्नुभयो, “अहिले बेंसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन । जसोतसो दैनिक गुजारा चलेकै छ ।” आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उहाँले बताउनुभयो । 

खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौँलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताउनुभयो । शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । रासस