२४ बैशाख, २०८१ सोमबार

04:02:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ३८.४२ अंकले गिरावट

१२ माघ, २०७८

सेयर बजार ३८.४२ अंकले गिरावट

काठमाण्डौं
साताको चौथो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो  दिन आइतबारदेखि नै बजार निरन्तर ओरालो लागि रहँदा  लगानीकर्ताहरूको मनोबल  घट्दै गइरहेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.४२ अंकले घटेर २७७६.६५ विन्दुमा पुगेको छ ।  आज नेप्से १.३७ प्रतिशतले घटेको हो । यसैगरी, सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा झरेको छ ।

कूल २ सय ३३ वटा कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । 

बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ७७ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजै २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ । 

बुधबार पोखरा फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट भएको छ । कम्पनीको सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ५ सय ५६ रूपैयाँ पुगेको छ ।