१५ बैशाख, २०८१ शनिबार

03:35:01 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रिकेट लिगको स्पट फिक्सिङ मुद्दा : तीनै जना धरौटीमा छुटे

Nepal Business

१० फागुन, २०७९

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।

क्रिकेट लिगको स्पट फिक्सिङ मुद्दा : तीनै जना धरौटीमा छुटे

क्रिकेट स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए ।

९ देखि २७ पुसमा काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी २० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो । त्यस क्रममा प्रहरीले आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।