२२ बैशाख, २०८१ शनिबार

04:04:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : ऊर्जामन्त्री लिङ्देन

Nepal Business

८ फागुन, २०७९

ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : ऊर्जामन्त्री  लिङ्देन

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । 

इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताउनुभयो । 

इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताउनुभयो । 

पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागिपरेको उहाँको भनाइ छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले देशमा राजनीतिप्रतिको वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक दल सुध्रिएर काम गर्नुपर्ने बताउनुभयो । 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पालिकाको आम्दानी हुने सङ्घसंस्था र पर्यटकीय स्थल पालिकाकै मातहतमा सञ्चालन गर्ने हो भने पालिकाको आम्दानी बढ्ने बताउनुभयो । 
रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गर्दै ऐन विपरीत कसैले काम गरेमा तत्काल निलम्बनसम्मको व्यवस्था रहेको बताउनुभयो ।