२३ चैत, २०८१ शनिबार
11:00:16 AM
६ फागुन, २०७९
लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नु पर्नेछ ।
आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यी दुईले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्यो ।
नेपालले लिग २ को एउटा शृंखलामा तीन खेल जितेको यो पहिलो अवसर हो । २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृंखला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।
नेपालले लिग २ को एउटा शृंखलामा तीन खेल जितेको यो पहिलो अवसर हो । २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृंखला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।
लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नु पर्नेछ ।
लगातार तेस्रो खेलमा पराजित नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । लिग २ को शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने छन् भने शीर्ष ५ टोलीले एकदिवसीय मान्यतालाई कायम राख्ने छ । नेपालले पहिलो दुई खेलमा नामिबियालाई २ विकेटले र स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।
कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफ र ज्ञानेन्द्र खेलमा हाबी भएका थिए । ज्ञानेन्द्रको यो सातौं र आसिफको छैटौं अर्धशतक हो । ज्ञानेन्द्रले नेपालबाट एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् ।