२० बैशाख, २०८१ बिहिबार

09:11:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिभि र पिआर लिने परेनन् जनगणनामा, २१ लाख नेपाली विदेशमा

१२ माघ, २०७८

डिभि र पिआर लिने परेनन् जनगणनामा, २१ लाख नेपाली विदेशमा

काठमाण्डौ । 

नेपाल विजनेश संवाददाता
विदेशमा हामी धेरैलाई ५० लाख भन्दा बढि नेपाली विदेशमा बस्छन् भन्ने लागेको थियो । तर केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणनाको प्रारम्भिक प्रतिवदेनले यस कुरालाई गलत सावित गराईदिएको छ । न्यूनतम पनि ४० लाख भन्दा बढि नेपालीहरु विदेशमा छन् भन्ने आँकलन गरिएको थियो । बुधबार केन्द्रीय तथ्यांक विभागले जारी गरेको प्रारम्भिक नतिजामा जम्मा २१ लाख ६९ हजार ४ सय ७८ जना नेपालीहरु मात्रै विदेशमा रहेको तथ्यांक जारी गरेको छ ।

२ करोड ९१ लाख ९२ हजार पुग्यो । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

विभागले भर्चुअल कार्यामा मार्फत सार्वजनिक गरेको प्रतिवेदनमा डिभी पिआर लिएर विदेशमा बसोवास गर्नेहरुलाई जनसंख्यामा नसमेटिएको जानकारी गराईएको छ । अहिले कामको सिलसिलामा नेपाल वाहिर रहेका नेपालीहरुको तथ्यांक संकलन गरिएको विभागले जनाएको छ । 
यसैबीच नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ । अघिल्लो पटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागले ५६ लाख ४३ हजार ९ सय ४५ घरपरिवारमा पुगेर जनगणा गरेको जनाएको छ । खाली घर कति भन्ने बारे पछि खुलाईने विभागले जनाएको छ । अहिले ५६ लाख ४३ हजार ९ सय ४५ घरमा ६७ लाख ६१ हजार ५९ परिवार बसोबास गरिरहेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा बढि मधेस प्रदेशको जनसंख्या रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको रहेको विभागले जनाएको छ ।