१५ बैशाख, २०८१ शनिबार

07:42:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

Nepal Business

२ फागुन, २०७९

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उहाँको अनुभव छ ।

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र  खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।”

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौँ आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो । 

कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो । 

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौँ आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो । 

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उहाँको अनुभव छ ।

“बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास  हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भिड लाग्छ, औसतमा मासिक रू ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”